दफा
परिषद् स्वशासित संस्था हुने
(१) परिषद् अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) परिषद्को सबै काम कारबाहीको लागि आफनो छुट्टै छाप हुनेछ ।
(३) परिषद्ले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) परिषद्ले व्यक्ति सरह आप्ःनो नामबाट नालिस उजुर गर्न र परिषद्उपर पनि सोही नामबाट नालिस, उजुर लाग्न सक्नेछ ।